विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २, झापाको मेचीनगर र भद्रपुरमा ५-५, दमकमा २, बिर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाह्रदशी र अर्जुनधारामा १-१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र गढीमा १, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।