धरान : नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले नगरवासीलाई जारी जनगणनामा सही तथ्याङ्क टिपाउन आग्रह गरेको छ।

नगर समितिले आग्रह पत्र सार्वजनिक गर्दै राष्ट्रिय जनगणनालाई सफल पार्न अनुरोध समेत गरेको छ। नगर सभापति रमेश कार्कीले सार्वजनिक गरेको पत्रमा भनिएको छ " नेपाल सरकारले हरेक १०-१० वर्षमा गर्ने जनगणना सफल पार्नु सबै नेपालीहरूको दायित्व हो । कोही पनि नछुटी र नदोहोरी जनगणनाका लागि आउने गणकहरूलाई सही तथ्याङ्क टिपाउनु पर्छ।

नेपाल सरकार तथ्याङ्क विभागले मेरो जनगणना सेरो सहभागी भन्ने नारा दिएर गएको बिहीबारदेखि मङ्सिर ९ गतेसम्म गणकहरू घर-घरमा खटिरहेका छन् । राष्ट्रको अभिलेखसँग जोडिएको जनगणना कार्यमा नेपालमा बि.स. १९६८ सालदेखि सुरु भएको थियो ।