धरान : नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ।

नेपाल बन्दका कारण आज धरानबाट चल्ने लामा तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । गन्तव्यमा हिँडेका यात्रुहरू सडकमै अलपत्र परेका छन् । धरानमा फाट्टफुट्ट ट्याम्पो र सिटी सफारी बाहेकका यात्रुवाहक सवारी साधन चलेका छैनन् ।

मोटरसाइकल, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने निर्बाध सञ्चालन भइरहेका छन् । हिजो साँझ विप्लव समूहले धरानमा राँकेजुलुस प्रदर्शन गरेको थियो ।

Biplab-Banda-1 Biplab-Banda-2 Biplab-Banda-3