इलाम : इलाम सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा दाजुभाइ बिच चक्कु हानाहान हुँदा दाजुको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बेलुका राती ७ बजे काका मान बहादुर मुखियाको घरमा मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ ३० वर्षीय चक्र मुखिया दाजु ३५ वर्षीय इच्छा मुखियालाई चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट इच्छा मुखिया घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थायी प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटी गई चक्कु सहित चक्र मुखियालाई पक्राउ गरेको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलामले थप अनुसन्धान गरिरहेको छ।