इटहरी : बजार बन्द गराउँदै हिँड्ने नेकपा माओवादी (विप्लव) का २१ जना कार्यकर्ता पक्राउ परेका छन् । बिहानै देखी बन्द गराउँदै हिँड्ने उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।

पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको गरेको विप्लव नेतृत्वको माओवादीले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानै देखि पूर्वका धरान , इटहरी , इनरुवा , बिर्तामोड, दमक विराटनगर लगायतका बजारहरू बन्द छन् ।