धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १-१ जनामा सङ्क्रमण देखिएको हो।

झापाको मेचीनगरमा ७, बिर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २-२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ४, दुहबी र धरानमा १-१, पाँचथरको कुम्मायक र फालेलुङमा १-१, उदयपुरमा १ र इलामको सूर्योदयमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।