इटहरी : इटहरी उपमहानगरपालिकामा लैगिंक हिंसा  विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने भएको छ ।  

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनका अनुसार १० डिसेम्बर विश्व मानवअधिकार दिवसका दिन लैगिक हिंसा विरुद्ध इटहरी सम्मेलन गरिनेछ । इटहरीमा विगत तीन वर्ष देखि १६ दिने अभियानको अन्तिम दिन लैगिंक हिंसा विरुद्धको इटहरी सम्मेलन गरिँदै आएको छ ।

सम्मेलनमा वर्ष दिन भरि सञ्चालन गरिएको अभियानको समीक्षा गरेर नयाँ कार्यक्रम पारित गरिने छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम,इटहरी महिला सञ्जाल, वाल सञ्जाल, अपाङ्ग सञ्जाल, माइती नेपाल, भ्वाइस अफ चिल्ड्रेन, इलाका प्रहरी कार्यालय इटहरी,माया घर लगायतका सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्था का प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले १६ दिने अभियानका विभिन्न कार्यक्रम तय गरेको हो ।