विराटनगर : मोरङमा ३३ जना सहित प्रदेश १ मा ६६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, सङ्खुवासभा र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैचा, बुढीगंगा र कानेपोखरीमा १-१, झापाको भद्रपुरमा ४, बिर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २-२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १-१, सुनसरीको धरान, इनरुवा र इटहरीमा २-२, बर्जू र वराहक्षेत्रमा १-१, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, सङ्खुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।