धरान : धरान १६ का बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी मदन राई पक्राउ परेका छन् ।

उच्च अदालत विराटनगर को २०७८/०१/१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ ।

अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनि हाल सम्म फरार रहँदै आएका राईलाई प्रादेशिक अनुसन्धान समूह आरआइटी विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।