धरान : सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ परेका छन् ।

बुधवार दिउँसो देवानगंज स्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी गाँजा फेला परेको थियो ।

चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ वर्षीय सन्तोष कुमार मेहेता पक्राउ परेका हुन् ।

फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।