चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ५ मा नगरपालिकाले अवैधानिक रूपमा सचिव सरुबा गर्नुका साथै विवादास्पद छवि भएका सचिव ल्याउन खोजेको ५ राजनीतिक दलले आरोप लगाएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएको समयमा अवैध रूपमा पटक– पटक विवादमा परेको सचिव निलम कार्कीलाई पुर्न वडामा ल्याउन खोजेको भन्दै वडामा सक्रिय ५ राजनीति दल नेपाली काँग्रेस , माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल , नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त कदम प्रति विरोध जनाएका छन् ।

बिविवार ५ राजनीति दलका प्रतिनिधिहरू वडा कार्यालय र नगरपालिका पुगेर ध्यानाकर्षण समेत गराएका छन् । वडामा पुगेको टोलीले वडा कार्यालयका कार्यवाहक वडाध्यक्ष समक्ष ध्यानाकर्षण र संयुक्त विज्ञप्ति सूचना पार्टीमा टाँसेका छन् भने नगरपालिकाको कार्यालय चक्रघट्टि पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई समेत ध्यानाकर्षण गराएर संयुक्त विज्ञप्ति सूचना पार्टीमा टाँसेका छन् ।

पक्षपात नगरि जनताको काम गर्नेलाई सरुवा गरेको र पटक पटक विवादमा आएका व्यक्तिलाई सचिव बनाएर वडा ल्याउन खोजेकाले विरोध गर्न बाध्य भएको नेपाली काँग्रेस वराहक्षेत्र वडा नं ५ का सभापति दिलबहादुर पौडेलले बताए । जनताको भन्दा पनि व्यक्तिको काम गर्नेलाई सचिवको रूपमा स्विकार्न नसकिने भन्दै उक्त कदम फिर्ता लिन पौडेलले आग्रह समेत गरे । उक्त कदम फिर्ता नलिए धर्नादेखि तालाबन्दी समेत गरेर आन्दोलन गर्ने पौडेलले बताए ।

वराहक्षेत्र वडा नं ५ का सभापति दिलबहादुर पौडेल, माओवादी केन्द्र वराहक्षेत्र नं ५ इन्चार्ज अमीत गौतम , जनता समाजवादी पार्टी वराहक्षेत्र नगर सचिव दिनेश कटुवाल , नेकपा एकीकृत समाजवादी वराहक्षेत्र नगर सचिव पुष्पनारायण धामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा नं ५ अध्यक्ष दुर्गा बस्नेत बस्नेतको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Bigyapti