विराटनगर : धरानमा ३ जना सहित प्रदेश १ मा ४७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेह्रथुम र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ६, मेचीनगर र अर्जुनधारामा ३-३, शिवसताक्षी र भद्रपुरमा २-२, हाल्दिबारी, गौरादह, दमक र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा २, पथरीशनिश्चरे र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ४ र धरानमा ३, उदयपुरको त्रियुगा, तेह्रथुमको म्याङ्लुङ र पाँचथरको हिलिहाङमा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।