इटहरी : पूर्वाञ्चल विश्वाबिद्यालयले १० थान अक्सिजन कन्सेन्ट्रेटर प्राप्त गरेको छ ।

नेपाल स्कुल अफ अन्ट्रपेनरशिप (एनएसइ) को पहलमा विश्वविद्यालयले कन्सन्ट्रेटर प्राप्त गरेको हो ।
बिहीबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको आतिथ्यतामा कार्यक्रमको आयोजना गरी एनएसईले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागी राहत तथा सहयोग कार्यक्रमको आयोजना गरी सो सामग्री हस्तान्तरण गरिएको हो ।

अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फीडेरेसनको सहयोग र एनएसइको पहलमा अस्पतालको लागी कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।

द्धन्द व्यवस्थापन विद डाक्टर प्रणय समसेर राणाको सक्रिय सहभागितामा सो सामग्री नेपाल आएको हो । आएका मध्ये १० थान विश्वविद्यालयलाई दिने निर्णय भए बमोजिम हस्तान्तरण गरिएको उनले बताए ।

अक्सिजन कन्सन्ट्रेटर दिन पाएकोमा खुशी व्यक्त गर्दै उनले यसअघि अक्सिजन अभावमा धेरै नेपालीले ज्यान गुमाएको स्मरण गराए । कोभिडको दोस्रो लहरमा आफूहरूले गरेको मेहनत स्वरूप उक्त सामग्री प्राप्त भएको उनको भनाई छ ।

एनएसइका संस्थापक अध्यक्ष रञ्जन ओझाले अझै दुई थान कन्सन्ट्रेटर उपलब्ध गराइने जानकारी दिए । अक्सिजनको अभावमा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको बताउँदै उनले सुन्दरहरैचा बासीमा त्यो समस्या नआओस् भन्न आफूहरू लागी परेको बताए ।

कन्सन्ट्रेटर बुझ्दै उपकुलपति डाक्टर यादवराज कोइरालाले रञ्जन ओझा र डा. प्रणय राणाको सहयोग अतुलनीय रहेको बताएका छन् । आफूहरूमा केही नीतिगत समस्या भएकाले विश्वविद्यालय र अस्पताललाई गतिशील बनाउन नसकेको बताए । सरकारले सहयोग नगरे पनि सहयोगी संस्थाको सहयोगले ठुलो टेवा पुग्ने उनको भनाई छ ।

अस्पताल निर्देशन डा. विपेश आचार्यले सहयोगी टिमलाई धन्यवाद दिए । अस्पतालमा अभाव खड्कीएका सामग्रीको प्राप्तिले हौसला मिलेको उनको भनाई छ ।