इटहरी : नेकपा एमाले भित्र संस्थापन समूहका पुराना दम्पती मुरारी सुवेदी र मञ्जु भण्डारीले महाधिवेशन प्रतिनिधिको दौडबाट पछि हटेका छन् ।

संस्थापन समूहका प्रभावशाली मानिएका भण्डारी दम्पती सुनसरी क्षेत्र नम्बर एक बाट महाधिवेशन प्रतिनिधिको दौडमा थिए । तर, पार्टी भित्र सर्वसम्मत गराउने भएपछि सुवेदी दम्पतीले नै उम्मेदवारी फिर्ता लिएका हुन् ।

सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिनिधिको चुनावबाट पछि हटेको सार्वजनिक गरेका छन् । गत कार्तिक ३० प्रतिनिधि छनोटको लागी सुनसरीमा निर्वाचन तय गरिएको थियो । पछि पुन सर्वसम्मत गराउन निर्वाचनको मिति मङ्सिर ३ गते सारिएको हो ।

३ गते सम्म सर्वसम्मत गराउने पहल आफै नेतृत्वले गरेको थियो’ सुवेदीले कपुरी न्युजसँग भने 'धेरै कोसिस हुँदा समेत सर्वसम्मत हुन नसकेपछि हामी ब्याक भएका हौ, यसले पार्टी एकतालाई थप मजबुत बनाउने छ ।'

उनले लेखेका छन् :’बृहत्तर पार्टी हितका निमित्त हामीले हिजो बिहानबाट नै उम्मेदवारी फिर्ता गरेका हौँ ।

निर्वाचनको परिणाम सबैले आँकलन गरेको नै हो , तर पार्टीको बृहत्तर हितका लागि यो फिर्ता हो हारजित क्षणिक कुरा हो नवौँ महाधिवेशनका प्रतिनिधि चयनको निर्वाचन हामीले हेरेका र भोगेका नै हौँ । 

त्यसले के फरक पारेको तियो र ? जित्ने  प्रतिनिधि हुनु भयो हार्ने सबैले हाँसी हाँसी सधैँ हाँसी हाँसी पार्टीको अभियानमा लागी नै रहनु भयो । अहिले विषम परिस्थितिमा आन्तरिक प्रतिस्पर्धा नगरौँ भन्ने मात्रै  हो । 

अङ्क बाट माथि उठेर यथार्थपरक दीर्घकालीन सोच सहितको निष्कर्षमा  पुग्न केही समय लागेको होला । अवश्य मिल्छ,मिल्नु पर्छ ,मिल्नै पर्छ । कोही पनि हताश नबनौँ ।’

FB