धरान : ताप्लेजुङको फङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोक मार्गमा झापाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको अनटेस ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्लाका २७ वर्षीय पुष्प बि.क. रहेका छन् । हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।