धरान : सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतीय चिनी बरामद प्रहरीले बरामद गरेको छ ।

गत मङ्सिर १ गते इनरुवा नगरपालिका ९ पोखरी चौकबाट अस्थायी प्रहरी पोस्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिक अप गाडीमा ५० बोरा भारतीय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।

यसै गरी गढी गाउँपालिका-४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटरसाइकलमा सवार मानिसहरूले बरामद २ वोरा सुर्ती र ६ वोरा चिनी ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखी मोटरसाइकल र सामान छोडी भागेका थिए ।

बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मूल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनी सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी ब्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।