विराटनगर : धरानमा २ जना सहित प्रदेश १ मा ५७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो । झापाको दमकमा ७, भद्रपुर र अर्जुनधारामा ४-४, बिर्तामोडमा ३, मेचीनगर र कमल गाउँपालिकामा २-२, गौरादहमा १, मोरङको विराटनगरमा १९, उर्लाबारीमा २ र सुनबर्षीमा १, सुनसरीको धरानमा २, इटहरीमा १ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।