चतरा : बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ जम्टोकी स्थित रोहित बस्नेतको धन थ्रेसर लगाउने क्रममा ट्याक्टर आगलागी भएको छ। क्रवार करिब ४ बजेको समयमा बस्नेतको खेतमा रहेको धान थ्रेसर लगाउने क्रममा उक्त थ्रेसरबाट अचानक आगलागी भएको भरौल प्रहरी चौकीले जनाएको छ।

आगलागी हुनासाथ भरौल प्रहरी चौकीका प्र.स.नि. रेवत थापाको कमान्डमा प्रहरी टोली, स्थानीयवासी र बराहक्षेत्र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । आगलागीबाट बराहक्षेत्र ५ बस्ने राजकुमार पौडेलको थ्रेसर र को २ त ७५०० नं को ट्याक्टर साथै नजिकै रहेको १८ कट्ठा धानको कुनिउँ र पराल धन समेत जलेर नष्ट भएको प्रहरी ले जानकारी दिएको छ।

बराहक्षेत्र नगरको दमकल र स्थानीयको सहयोगमा आगलागी करिब ४:५५ बजे नियन्त्रणमा आएको र आगलागीबाट अनुमानित ३लाख ७५ हजार बराबरको क्षति भएको छ भने आगलागीबाट कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीले बताए ।