धरान : निकै लामो रस्साकस्सी पछि नेकपा एमालेको १० औँ महाधिवेशनको लागि सुनसरी क्षेत्र नम्बर १ वाट महाधिवेशन प्रतिनिधिको छनौट भएको छ ।

एमाले पाटी कार्यालय सुनसरीमा ३१ जनाको मनोनयन दर्ता भए पनि पनि सर्व सम्मत रूपमा प्रतिनिधि छनौट गरिएको छनौट समिति संयोजक मोतीराज सुनुवारले बताए ।

उनका अनुसार क्षेत्र नम्बर १ बाट विजय राई, मिनकुमार सुब्बा, योग्यराज खड्का ,रामबाबु आङवुहाङ, जय कुमार राई र रमेश बस्नेतलाई सर्व सम्मत चयन गरिएको छ ।

त्यसैगरि महिला तर्फ लहरु माया जिमी, विणा खनाल र रुफिना गुरुङ (राई) लाई चयन गरिएको छ ।

UML