धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सुनसरी जिल्लाको क्षेत्र नं. १ को (क) र (ख) को प्रदेशसभा निर्वाचन धरानमा अहिले जारी छ ।

सुनसरी क्षेत्र नं. १ को (क) र (ख) समूहको प्रदेशसभा निर्वाचन अहिले धरान ८ को धरान सभागृह र धरान १७ स्थित एन्फा एकेडेमीमा भइरहेको छ ।

DRN-Congress-3

सुनसरी क्षेत्र नं. १ को (क) बाट ३६७ जना र (ख) बाट २५२ जना गरी ६१९ जना मतदाताहरूले अहिले मतदान गरिरहेका छन् । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. (क) बाट सभापतिमा अनिल श्रेष्ठ र मदन ढकालको उम्मेदवारी परेको छ भने (ख) बाट मुरारी भट्टराई र अजय राईको उम्मेदवारी परेको छ।

काँग्रेसको प्रदेशसभा निर्वाचन अन्तर्गत भइरहेको मतदान दिउसो ३ बजे सम्पन्न हुने र मतदान स्थलमै मतगणना हुने नेपाली काँग्रेस धरान उपमहानगरका सभापति श्याम पोख्रेलले जानकारी दिए ।

तस्बिर : मात्रिका प्रसाद नेपाल

DRN-Congress-2 DRN-Congress-5 DRN-Congress-4 DRN-Congress-9 DRN-Congress-10 DRN-Congress-6 DRN-Congress-7 DRN-Congress-8 DRN-Congress-12 DRN-Congress-11 DRN-Congress-13