धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को (क) र (ख) प्रदेशसभा कार्यसमितिको निर्वाचनको २ सय मतगणना भएको छ ।

अहिले सम्म २ सय मत गणना हुँदा सम्म क्षेत्र नं. १ को (क) तर्फ अनिल श्रेष्ठले १५२ मत प्राप्त गरेर अगाडी छन् भने उनका प्रतिद्वन्द्वी मदन ढकालले ४६ मत प्राप्त गरेका छन् ।

यसै गरी यता क्षेत्र नं. १ को (ख) तर्फ मुरारी भट्टराईले ११२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अजय राईले ८७ मत प्राप्त गरेका छन् ।