झापा : झापा मेचीनगर नगरपालिका-६ फाइरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पूर्व तर्फ आउँदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो।

अटो र चालक झापा मेचीनगर नगरपालिका-६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।