धरान : झापाको भद्रपुर नगरपालिका ९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको जङ्गली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे मेचीनगर नगरपालिका-१४ शनिबारे स्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटी गई घटनाको बारेमा कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको छ ।