धरान : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ ।

नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्त ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गरेका छन् ।

यो समाचार तयार पारुन्जेल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

तस्बिरहरू : जीवी गजलको फेसबुक वालबाट 

UML-Dron-Photo-2 UML-Dron-Photo-1 UML-Dron-Photo-3