धरान : मोरङको विराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-१ का ३० वर्षीय सुजित पौडेल रहेका छन् । आज पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र डाइलक्स डिसी १ बोतल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।