चतरा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वडा अधिवेशन अन्तर्गत वराहक्षेत्र वडा नं ७ वडा कमिटीको अध्यक्षमा जगन बजगाईँ निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न वडा अधिवेशनबाट लामो समय शिक्षा पेसामा कार्यरत भएर अवकाश जीवन बिताइरहेका बजगाईँ निर्विरोध वडा कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

बजगाईँ वसन्तऋतृ माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक भएर शिक्षा सेवा गरेका थिए । गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत बनेका थिए । वडा नं ७ स्थित सूर्य फेमली पार्टी प्यालेसमा आयोजना भएको अधिवेशनले बजगाईँको अध्यक्षमा २९ सदस्य वडा कमिटी गठन गरेको थियो ।

यस अगाडि माओवादीको वडा नं ६ को अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा डिल्ली डोटेल र वडा नं ८ मा अशोक थापामगर अध्यक्षतामा २९÷२९ सदस्यको वडा कमिटी गठन भइसकेको जिल्ला सचिवालय सदस्य तथा वराहक्षेत्र इन्चार्ज पुष्प ढुङ्गानाले बताए ।

नेकपामा रहँदा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनहरू जाम भएर बसेको र अधिवेशनले ऊर्जा र चलायमान बनाउन थालेको ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार शुक्रवार नै वडा नं १ को वडा अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ ।

बन्द सत्रमा अध्यक्षको आकाक्षिं दुई जना देखिए पछि शनिवार कमिटी घोषणा हुन सकेन । अब वडा नं १ मा थप छलफल र २ नम्बर वडामा शनिवार अधिवेशन हुनेछ । भन्ने वाकि रहेका वडामा क्रमशः अधिवेशन गरिनेछ ।