विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले इलामको चुलाचुलीस्थित माङ्गेना हिमको उद्घाटन गरेका छन् ।

फाल्गुनन्द नोमाङ्गेना सेवा सङ्घले गुरु लाफयङको ७८ औँ जन्म जयन्तीको अवसरमा शुक्रवार माङ्गेना हिमको उद्घाटन तथा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा मन्त्री यादवले विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए । उनले माङ्गेना हिमको पनि अवलोकन गरेका थिए ।