सौराहा : नेकपा एमालेको १० औँ महाधिवेशन शुक्रवार देखि चितवनमा सुरु भएको छ । आज देखि सौराहामा वन्दशत्र सुरु हुदैछ ।

वन्दशत्र अघि पदाधिकारी र केन्द्रीय कमिटीमा ५ दर्जनवढी आकाङ्क्षी देखिएका छन् । नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

प्रदेश १ बाट राजनीति गर्दै आएका इलामका सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्ष, मोरङका लालबाबु पण्डित र झापाका देवराज घिमिरे उपाध्यक्षका आकाङ्क्षी रहेका छन् ।

सचिवमा सुनसरीका भीम आचार्य, ताप्लेजुङका योगेश भट्टराई, भोजपुरका शेरधन राई, झापाका हिक्मत कार्की , मोरङका जीवन घिमिरे, भानुभक्त ढकाल, डा.शिवमाया तुम्बाहाम्फे, गुरु बराल,सङ्खुवासभाबाट राजेन्द्र गौतम आकाङ्क्षी देखिएका छन् ।

पदाधिकारीमा आकाङ्क्षी धेरै देखिए पनि नेतृत्वले सर्वसम्मतको प्रयास गरी रहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

केन्द्रीय सदस्यहरूमा मोरङबाट विनोद ढकाल, नरेश पोखरेल, ज्ञानेन्द्र सुवेदी, मधु गुरुङ, डिपी राई, रामकुमार बस्नेत, घनश्याम खतिवडा, यशोदा अधिकारी, सुनसरीबाट जगदीश कुसीयत, धर्मराज निरौला, जयकुमार राई, भगवती चौधरी, तैयव हुसेन, रेवतिरमण भण्डारी, द्वारिकालाल चौधरी, डिवि शाह शङ्कर, लक्ष्मी गौतम, सर्वध्वज साँवा, मिरा आचार्य, अमृता सुब्बा, झापाबाट नरेश खरेल, देवेन्द्र दाहाल, रोम ओली, मेनुका काफ्ले, रविन कोइराला, दीपक कार्की, एसपी सावाँ, जसमाया गजमेर, अर्जुन राई, इन्द्र भण्डारी, दुर्गा प्रसाईँ आकाङ्क्षी देखिएका छन् । केन्द्रीय सदस्यका आकाङ्क्षीहरू सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् ।

त्यसैगरि इलामबाट राम राना र गणेश बराल, पाँचथरबाट आइन्द्र सुन्दर नेम्वाङ, वसन्त नेम्वाङ, डम्बरध्वज सम्वाहाम्फे, ताप्लेजुङबाट टङ्क आङबुहाङ, धनकुटाबाट राजेन्द्र राई, सङ्खुवासभाबाट तुलसी न्यौपाने, मुरारी खतिवडा, भविश्वर गुरुङ, विदुर लिङ्थेप, तेह्रथुमबाट तेजमान कन्दङ्वा, भोजपुरबाट हरि राई र प्रेम राई, खोटाङबाट विशाल भट्टराई, उषाकला राई, रमेश पौडेल, पिके राई, पूर्ण घले, हरि पोखरेल, सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मानवीर राई, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, किशोर अधिकारी, बालकृष्ण ढुङ्गेल, उदयपुरबाट खड्गबहादुर परियार, मञ्जु चौधरी, दुर्गा थापा केन्द्रीय सदस्यका आकाङ्क्षी हुन ।

२४१ सदस्यीय केन्द्रीय कमिटीमा आकाङ्क्षी धेरै देखिएपछि सर्वसम्मत गराउन नेतृत्वलाई सकस परेको छ । पदाधिकारी बाहेक केन्द्रीय सदस्यमा मतदान हुने सम्भावना देखिएको नेताहरूको भनाई छ ।