धरान : धरान उपमहानगरपालिका-१५ निराजनवस्तीबाट लागू औषध सहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही स्थानका २४ वर्षीय दिपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रवार राती ८ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नाइट्रोजन ७० ट्याब्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।