धरान : धरान-१५ बस्ने एक युवालाई विराटनगर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ का २१ वर्षीय विशाल खड्का रहेका छन् ।

आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।