धरान : धरानमा मङ्सिर १९ र २० गते कोरोना विरुद्धको दोस्रो मात्राको खोप यस भन्दा अघि छुटेकालाई लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार यस अघि कोभिड १९ रोग बिरुद्धको खोप अभियानमा भेरोसेल र एस्ट्रजेनेकाको पहिलो मात्रा लगाई दोस्रो मात्रा छुट भएका नागरिकहरूको लागि यही मङ्सिर १९ गते आइतबार भेरोसेल र मङ्सिर २० गते सोमबार एस्ट्रजेनेकाको दोस्रो मात्रा खोप लगाइनेछ ।

छुटेका पहिलो मात्राको खोप कार्ड लिई स्वास्थ्य चौकी छाता चौक पुरानो अस्पताल मा १० बजे देखि ४ बजे भित्र खोप लगाउन हुन स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

Suchana