धरान : मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० वर्षीय सल बहादुर गुरुङ र २० वर्षीय सागर गोसनी रहेका छन् ।

हिजो बेलुकी पौने ४ बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी उदयपुरको चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजा सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका ९ कमलपुर का २९ वर्षीय जिबछ मण्डल र १९ वर्षीय रुपेश कुमार सरदार रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स. ११ प ९७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।