धरान : धरान-६ स्थित पानवारीमा एटिएम सेवा सुरु भएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ वैशाख ३१ गतेदेखि बैङ्कको शाखा पानवारीमा सञ्चालित छ ।

पानवारी शाखाका शाखा प्रमुख शिव शंकर लहुटियाका अनुसार ग्रामीण क्षेत्रमा बैङ्कको सेवा विस्तार गर्ने उद्देश्य अनुरूप पानवारीमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिँदै आएको छ ।

'क' वर्गको बैङ्क पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैङ्क नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैङ्क र निर्धन उत्थान लघुवित्त बैङ्क र प्राइम बैङ्कका शाखा सञ्चालनमा छन् ।