धरान : सङ्खुवासभाको चिचिला गाउँपालिका ३ सोलाखानीमा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ वर्षीय मुगेरी लाल सिंह रहेका छन् ।

हिजो राति साँवा ७ बजे निर्माणाधीन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किची घाइते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारि ल्याइएको थियो ।

उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो । घटनाको सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको जनाएको छ ।