धरान : धरान-६ पानवारीको घोपाली टोल स्थित सिंह देवी मार्गमा आफ्नो व्यक्तिगत लगानीमा भूपाल राईले वर्षातको समयमा आएको बाढीले भत्काएको बाटोलाई मर्मत गरिदिएका छन् ।

स्थानीय भूपाल राईले सो मार्गमा बुधवार १० ट्याक्टर गिटी सहित खोलाले भत्काएको बाटोलाई खाल्डा खुल्डी परेर सहज बनाइ दिएका हुन् । राईले बाटो बिग्रिएर आफूलाई सहयोग गर्न आग्रह स्थानीयले गरेपछि आफ्नै खर्चमा झन्डै ४० हजार बराबरको गिटी हालेको बताएका छन् ।

उनी नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासङ्घ धरानको सभापति समेत हुन् । सो बाटो बिग्रिएको कारणले हिँड्न नै मुस्किल हुँदै आएको सिंहदेवी मार्गका सोम बहादुर राईले बताए ।

कम्तीमा दुख विराम हुँदा सवारी साधन समेत हिँडाउन कठिन थियो तर अव भने केही सहज हुने भन्दै खुसी ब्यक्त गर्दै अझै दीर्घकालीन समस्या समाधानको लागि ड्रेन सहितको बाटो निर्माण गर्नु पर्ने आवश्यकता भएको राईले बताए ।

सो बाटोमा हरेक वर्षा याममा खोला कुद्ने गरेको खेम मगरले वताए् ।उनले बाटोको समस्याको बारेमा अहिले सम्म कसैले सुनुवाइ नगरेको भन्दै दुःख ब्यक्त गरेका छन् ।

धरान-६ पानवारीका वडाध्यक्ष भुवन सुवेदीले सो क्षेत्रको बाटोलाई स्तर उन्नति गर्नको लागि बजेट विनियोजन गरेको बताए । हाललाई ३ लाख बजेट विनियोजन भएकाले अव उपभोक्ता निर्माण समिति गठन गरेर बाटोको काम थालनी गर्ने पनि वडाध्यक्ष बस्नेतले बताए ।