धरान : लागूऔषध मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका सुनसरी धरान उपमहानगरपालिका-७ का ४१ वर्षीय नौसाद सिद्धिकी र चोरी मुद्दाका मोरङ कटहरी गाउँपालिका-१  का २३ वर्षीय सुरज कामत रहेका छन् । पक्राउ परेका दुवै जनालाई सुनसरी र मोरङ अदालतको निर्णयबाट कैद भुक्तानको लागी हिजो कारागार चलान गरिएको छ ।

लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष १ महिना २४ दिन कैद र रु.१ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका सिद्धिकी र चोरी मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र रु. १५००० जरिवाना भई  लगत नं. ५८१ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, रिट बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो दिउसो ११ बजे फेला पारी पक्राउ गरी अदालतमा दाखिला गरेको थियो ।