धरान : मोरङ विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१६ का १९ वर्षीय कैलाश मल्लिक रहेका छन् । हिजो बेलुका साढे ६ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मल्लिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।