धरान : धरान-६ पानवारिको चोक्टी नजिकै लिम्वुचौरीमा भएको आगलागीबाट ७० लाख बरावरको क्षति भएको छ ।

धरान-६ निवासी रामबहादुर खड्काको २ तले काठको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सो परिणामको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागीबाट खडकाको घर पुरै नष्ट भएको छ ।

धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएको सामान तथा खाद्यान्न केही पनि निकाल्न नसकिएको स्थानीयले जानकारी दिएका छन् ।