धरान : धरान-८ स्थित तीनकुनेमा अहिले साँझ भएको दुर्घटनामा दुई जना घाइते भएका छन् ।

४ : ४५ बजे धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख २९८८ नम्बरको बस र प्रदेश ३-०१-०२३ च ३८९४ नम्बरको कार धरान तर्फ आउँदै गरेको एक आपसमा जुध्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।

घाइते दुवैको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा उपचार भइरहेको छ । दुर्घटना धरान प्रवेशद्वार तीनकुनेबाट केही तल र विश्वकर्मा मन्दिर भन्दा करिब १ सय मिटर उत्तरमा भएको हो ।