विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी, गौरीगञ्ज र शिवसताक्षीमा १-१, मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैचामा १-१, सुनसरीको दुहबीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।