धरान : सुनसरी र उदयपुरका दुई छुट्टा छुटै ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाउँपालिका-२ लौकही स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्याक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षीय मनोज यादव घाइते भएका थिए ।

उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पटाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक कोशी गाउँपालिका-२ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिका–११ मा बेल्टारबाट गाईघाट जाँदै गरेको प्रदेश नम्बर १-०५-००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कर्ण सुन्दास, त्रियुगा-१३ राई चौकका चालक २९ वर्षीय बिरेन राई समेत घाइते भई उपचारको लागि न्युरो हस्पिटल विराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।