इलाम : इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको बिहीबार क्वाटर फाइनलका २ खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो ।

पहिलो सेमिफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोस्रो सेमिफाइनल खेलमा माईजोगमाई रातो र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरू शुक्रवार हुनेछ ।

आजको पहिलो खेलमा रेडहर्सले राँके स्पोर्टिङ क्लब पाँचथरलाई सडनडेथमा हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको हो । खेलको म्यान अफ दि म्याच रेडहर्सका नितेष गुरुङले पाए ।

त्यसै गरी दोस्रो खेलमा घरेलु टोली माईजोगमाई रातोले जनता सेभेन फिक्कललाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । दोस्रो हाफको चौथो मिनेटमा समीर तामाङले जनता सेभेनलाई अग्रता दिलाए । ४ मिनेट नबित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछि जनता सेभेनलाई अग्रता दिलाए ।

४ मिनेट नबित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछि २-१ गोल अन्तरको जित निकाल्दै घरेलु टोली सेमिफाइनल प्रवेश गरेको हो । माईजोगमाईका सर्जन राई म्यान अफ दि म्याच घोषित भए ।