धरान : मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

हिजो राती ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही स्थानका ३४ वर्षीय मुन्ना कुमार साहनी घाइते भएका थिए ।

सहनिको कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्र्याकटर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।

यसै गरी मोरङकै बुढिगंगा गाउँपालिका २ टङ्कीमा हिजो राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारेका २६ वर्षीय सुरज खनाल घाइते भएका थिए ।

उनको विराट मेडिकल कलेज टङ्कीमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।