धरान : प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले पुष्प बिरुवा रोपण कार्यक्रम आयोजना गरेका छन् ।

शुक्रवार आयोजित कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डी.एच. एमका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई बिरुवाको हेरचाह गर्ने र बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा छोटो अभिमुखीकरण समेत दिइएको थियो ।

अभिमुखीकरण पवित्र नर्सरी धरानका सञ्चालक दिवेश लिम्बुले गरेका थिए । प्रत्येक विद्यार्थीले आ आफ्नो गमला र बिरुवा ल्याएका थिए । जसको हेरचाह प्रत्येक विद्यार्थीले वर्षभरि आफैले गर्नुपर्छ । त्यहाँ बिरुवाको हेरचाह गर्ने विद्यार्थीहरूले जीवनको हेरचाह गर्न पनि सक्षम हुन्छ भन्ने विश्वास रहेको प्राइम भिजनका सिइओ अभिषेक श्रेष्ठले बताए ।

हाम्रो उद्देश्य विद्यार्थीहरूलाई जीवनको बारेमा सचेत गराउनु र सन्तुलित जीवन शैली बाँच्नु सिकाउनू हो । बिरुवाको हेरचाह त सानो इशारा मात्र हो श्रेष्ठले भने ।

प्रत्येक वर्ष विद्यार्थीहरू सक्रिय रूपमा यस्तो कार्यक्रममा भाग लिन्छन् । धरानमा ए.डी.एच. एम् विषय पढाउने एक मात्र कलेज, प्राइम भिजनको शिक्षण शैली र विद्यार्थीको तालिम फरक छ ।

कलेजले विद्यार्थीलाई शैक्षिक शिक्षाको बारेमा मात्र सिकाउँदैनन् तर तिनीहरूले विद्यार्थीलाई जीवन सीप, मानवता र सामाजिक चेतना सीप पनि सिकाउँछन् । विभिन्न समयमा यस्ता विभिन्न गतिविधिहरू कलेजले आयोजना गर्ने गरेको छ ।