चतरा : चतरामा जारी प्रथम बराह नकआउट फुटबल प्रतियोगिता को शुक्रवार भएको खेल मा एभरेस्ट क्लब विजयी भएको छ ।

बाइसबिघे खेल मैदान मा भइरहेको प्रतियोगितामा आयोजक हाट खोला फुटबल क्लब निलो लाई १ का विरुद्ध ३ गोल ले हराउँदै एभरेस्ट विजेता बनेको हो । आयोजक निलोले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा जोगाउन नसक्दा पराजित भएको थियो ।

आयोजक निलोका रोशन गिरिले खेलको ९ औँ मिनेटमा गोल गरेर एभरेस्ट विरुद्ध अग्रता दिलाएका थिए । मध्यान्तर पछि को खेलमा लगातार दबाब बनाएको एभरेस्टले ३ गोल गरेको थियो ।

एभरेस्टका खेलाडी साजन राईले दोस्रो हाफको ६ मिनेटमा पहिलो गोल गर्दे एभरेस्टलाई खेलमा फर्काएका थिए । पहिलो गोल गरेको लगत्तै दोस्रो हाफको १२ मिनेटमा मा पुन साजनले नै गोल गरी एभरेस्टलाई २ गोल को अग्रता दिलाएका थिए । खेल सकिन ५ मिनेटमा बाँकी रहँदा सञ्जय श्रेष्ठले तेस्रो गोल गरी टिम को जित थप सुनिश्चित गरेका थिए ।

खेल को म्यान अफ द म्याच सञ्जय श्रेष्ठ लाई आयोजक हाट्खोला फुटबल क्लब का सल्लाहकार अरुण राईले नगद २ हजार र ट्रफी प्रदान गरे । शनिवार हुने राजाबास फुटबल क्लब र पन्चायन फुटबल बक्लौरीक्लब का बिच हुने आयोजक क्लब हाट खोला फुटबल क्लबका सचिव रोहित साहले बताए ।