सङ्खुवासभा : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी वैशाख महिना भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

सङ्खुवासभाको खाँदवारिमा उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताए । थपलियाका अनुसार यो पटक देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गरिने छ । राजनीतिक अनुकूलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने उनको भनाई छ । उनले प्रदेश र केन्द्रको निर्वाचनका बारेमा भने केही बोलेनन् ।

प्रमुख आयुक्त थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको पनि बताए ।

स्थानीय तहको आगामी निर्वाचन एकै पटक हुने प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाले बताए । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए ।

सङ्खुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारि आइपुगेका आयुक्त थपलियाले संचारकर्मीहरुसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र दुई महिना अगाडी निर्वाचन गराउने कानुनी बाल्यावस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने उनले बताए ।