धरान : मोरङको बेलबारी नगरपालिका-८ राईझारमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय डम्बर थापा रहेका छन्। हिजो बेलुका ७ बजे साईडमा रोकेर राखेको प्र. १-०२-००३ त ०३८० नम्बरको ट्र्याक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही स्थानका २६ वर्षीय राजन पराजुली समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।