धरान : धरानमा आइतबार कोरोना विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप लगाइने भएको छ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवका अनुसार यस भन्दा अघि सञ्चालन भएको एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप लगाउन छुटेकाहरूलाई दोस्रो मात्रा लगाउन लागिएको हो।

खोप लगाउने केन्द्र आधारभूत स्वास्थ्य केन्द्र धरान-१५ पाथीभरा लाइन वडा कार्यालय छेउ र १८ नम्बर वडा कार्यालय तोकिएको छ। खोप लगाउनेले पहिलो मात्रा एस्ट्राजेनेकाको खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ।

यसै गरी धरान उपमहानगरपालिकामा यो साता भित्रमा कोरोना विरुद्धको भेरोसेल खोप १८ वर्ष उमेर समूह देखि माथिकालाई लगाइने तयारी भइरहेको पनि स्वास्थ्य महाशाखाले जनाएको छ । खोप लगाउने मिति भने अहिले तय भई नसकेको बताइएको छ।