धरान : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट युवा सङ्घ नेपाल र अनेरास्ववियु सुनसरीको जिल्ला भेलाले जिल्ला कमिटी गठन गरेको छ ।

रामधुनी नगरपालिका स्थित झुम्कामा शनिवार भएको भेलाले युवा सङ्घ नेपाल सुनसरीको अध्यक्षमा सोम लोङगली बान्तवा राई र अनेरास्ववीयुको अध्यक्षमा अतीत किरण नेपाललाई चयन गरेको छ ।

युवा सङ्घ नेपाल सुनसरी १ सय १ सदस्य कमिटीको उपाध्यक्षमा विजय लिम्बु, समिम आलम र रितेश पोखरेल चयन भएका छन् । सङ्घको सचिवमा प्रकाश दाहाल, सहसचिवमा राजु कुलुङ राई, प्रतिमा खडका र निशान्त दाहाल कोषाध्यक्षमा दिक्षा चौधरी चयन भएका छन् ।

अनेरास्ववीयु सुनसरी जिल्ला कमिटीको ७१ सदस्य कार्यसमितिको उपाध्यक्षमा प्रतिरोध खतिवडा, विनय भट्टराई सचिवमा आशिष् प्रधान, सहसचिवमा रिता ढकाल, प्रजिन आचार्य, हेमराज खडका आदित्य, अरुण कटुवाल कोषाध्यक्षमा अमित दाहाल चयन भएका छन् ।

जिल्ला भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका अध्यक्ष नरेश शाहीले सिङ्गो मुलुक लुटेराको हातमा रहेकाले अव ती लुटेराबाट देशलाई जोगाउने जिम्मेवारी युवाहरूको काँधमा आएको बताए ।

अध्यक्ष शाहीले मुलुकको सम्पूर्ण सम्पत्ति हुने खाने र पहुँचवाला १० प्रतिशत नागरिकमा रहेकाले नेपालमा व्यवस्था फेरिए पनि विधि नफेरिएकोले युवाहरूले परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने बताए ।

भेलामा नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज केशव तिम्सिना, जिल्ला अध्यक्ष गोविन्द निरौला, उपाध्यक्ष सिताराम पराजुली, रामचन्द्र मटियैत सचिव वसन्त सुवेदी, उपसचिव राजेश भण्डारी, अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्की , युवा सङ्घका केन्द्रीय उपमहासचिव सन्दीप राई, केन्द्रीय सचिव गौरीमान परियार, प्रदेश एकका सचिव सन्दीप राई, अनेरास्ववियूका राजु दाम्सागँ

अनेरास्ववियू सुनसरीका सचिव आशिष् प्रधानले सञ्चालन गरेको कार्यक्रममा नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौला, अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्की , युवा सङ्घका केन्द्रीय सचिव गौरीमान परियार, युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सञ्जीव राई, प्रदेश एकमा मुख्य मन्त्री राजेन्द्र राईका स्वकीय सचिव तथा युवा सङ्घ नेपाल प्रदेश नम्बर १ का सचिव संन्दिप राई, नेकपा एसका केन्द्रीय सदस्य केशव तिमल्सीना, अनेरास्ववियूका राजु दाम्सागँ लगायतले मन्तव्य राखेका थिए ।

सङ्घका अध्यक्ष सोमबहादुर वान्तावा राईले अध्यक्षता गरेको कार्यक्रममा अनेरास्ववियूका सुनसरी अध्यक्ष अतीत किरण नेपालले स्वागत तथा सचिव आशिष् प्रधानले सञ्चालन गरेका थिए।