दमक : झापाको दमक नगरपालिका ५ स्थित दीपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका-५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाउँपालिका-१ का ४२ वर्षीय बबिन सुब्बा, दमक नगरपालिका-५ का ५८ वर्षीय लक्ष्मी ढकाल, दमक-५ की ३४ वर्षीय कमला राई, दमक-५ की ४० वर्षीय विमला तामाङ र कमल गाउँपालिका-३ का ५१ वर्षीय राज कुमार खड्का रहेका छन् ।

हिजो राती ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेकै अवस्थामा नगद ४० हजार र ३ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।